मोरङको रंगेलीबाट लागुऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
मोरंग । प्रहरीले आइतबार मोरङ रंगेली नगरपालिका-८ बाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार अररियाकी खसिना खतुन, रंगीका सुशील बुढाथोकी र कृर्तानन्द ठाकुर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले चार सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
खैरो हेरोइन बरामद गर्ने सिलसिलामा प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।


