अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रक सहित चालक पक्राउ

सञ्जय मिश्रा /बारा,२३ असार । जिल्ला प्रहरी कार्यालय बाराले अखाद्य तेलजन्य पदार्थ, ईन्धन र मिनि ट्रकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसि पेट्रोल पम्प नजिकैबाट गाडीमार्फत तेल चोरी गरी बिक्री वितरण हुँदै आएको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जीतपुरसिमरा–१२ फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले बताएका छन्।

चौधरीले सञ्चालनमा रहेको ना १ क २८३६ नम्बरको मिनि ट्रकमा विभिन्न प्रकारका तेल र अखाद्य पदार्थहरू लोड गर्दै गरेको अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आईतवार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।

बारा प्रहरीका अनुसार ५ हजार,७९५ लिटर बनस्पतिजन्य तेल जस्तो देखिने अखाद्य पदार्थ, १ हजार लिटरका ६ ड्रम र १५ लिटरका ५३ ग्यालेनमा रहेको, अनुमानित मूल्य ६ लाख ३७हजार ४५० तथा  १ हजार लिटर पेट्रोल, २०० लिटरका ५ ड्रममा रहेको अनुमानित मूल्य १ लाख, ६२ हजार, ६०० लिटर डिजेल, २०० लिटरका ३ ड्रममा रहेको अनुमानित मूल्य ८७ हजार ६००,  ६०० लिटर मट्टितेल,  २०० लिटरका २ ड्रम, १०० लिटरको १ ड्रम, र २० लिटरका १५ ग्यालेनमा रहेको, अनुमानित मूल्य ८९हजार ४०० रहेका छन । 

बारा प्रहरीका अनुसार कुल बरामद इन्धन तथा अखाद्य तेलजन्य पदार्थको मूल्य  ९ लाख ७६ हजार ४५० बराबरको रहेको छ।
बरामद मिनि ट्रक र चालक हाल प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।