यसरी गरियो भोजपुरमा हत्या थरिएका चारै शवको इटहरीमा अन्त्येष्टि

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डमा मारिएका चार जनाको इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।

धरानमा पोष्टमार्टम गराएर शवलाई परिवारको जिम्मा लगाएपछि सोमबार साँझ इटहरीस्थित मुक्तिघाटमा परिवारले अन्त्येष्टि गरेका हुन् ।

हत्या गरिएका १६ वर्षीया मनिषा गिरी, ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी र ९ वर्षीय सपन गिरीको हो ।

घटनापछि शवलाई आइतबार जिल्ला अस्पताल भोजपुर लगिए पनि पोस्टमार्टम उपकरण अभावमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

हत्या प्रकरणका अभियुक्त ३० वर्षीय राजेन्द्र राई आफैँ पनि घाइते अवस्थामा भेटिएका थिए । हाल उनी पनि प्रहरीको निगरानीमै धरानको बिपी प्रतिष्ठानमा उपचाररत रहेका छन् ।

राईले प्रेम विवाह गरेकी श्रीमती मनिषा गिरी र उनका परिवारको हत्या गरेको स्वीकार गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।