विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

विराटनगर । दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादवलगायतले कृषि सामग्री हस्तान्तरण गरेका थिए ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले महानगरले १ थान ट्याक्टर, २ थान मिनि टिलर, सिचाइ मोटर २ हर्षको ५ थान, स्प्रेयर मेसिन ६ थान, समरसिथल पम्प १ थान र रोटाबेटर १ थान हस्तारण गरिएको थियो । कृषि सहकारीमा आबद्ध कृषकहरूले उक्त सामग्री उपयोग गर्न पाउनेछन् । बैजनाथपुर कृषि सहकारीमार्फत कृषि सामग्री प्रयोग गरी स्थानीय कृषकले आफ्ना उत्पादन वृद्धि गर्ने शाखा प्रमुख यादवको भनाइ छ ।

महानगर क्षेत्रभित्र १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । विशेष गरी ४, ६, ११, १२, १४, १६, १८ र १९ नम्बर वडामा बढी खेतीयोग्य जमिन रहेको छ । त्यस्तै महानगरभित्र ३६ वटा कृषक समूह रहेका छन् । ती समूहमार्फत महानगरले कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।