सर्लाहीमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाईते

सर्लाही, २६ असार । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवा–श्रीनगर भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
 

गएराति करिब ११:२० बजे हरकठवाबाट श्रीनगरतर्फ जाँदै गरेको ग ७ प ९४८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई आफैं दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक, राम एकवाल महतोका १९ वर्षीय छोरा बिष्णु कुमार महतो गम्भीर घाइते भएका थिए।
 
उनलाई उपचारका लागि मोडेल अस्पताल लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
 

सोही मोटरसाइकलको पछाडि सवार १८/१९ वर्षीय प्रशान्त महतो पनि घाइते भएका छन्। उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ।
 
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बयोद्या अस्पताल, वीरगञ्ज पठाइएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी गौरीशंकरबाट असई श्यामसुन्दर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
 
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।
मृतक बिष्णु महतोको शव पोष्टमार्टमपछि उनका बुवाले प्रादेशिक अस्पताल मलंगवाबाट बुझेको प्रहरीले जनाएको छ।
 

स्थानीय वडाध्यक्ष शिवकुमार महतोसहित परिवारजनहरू उपचारमा संलग्न रहेको जानकारी प्राप्त भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖