एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरको सम्मान

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

विराटनगर महानगरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीहरुमा विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मालाई सम्मान गरिएको थियो ।

त्यस्तै एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नतिजा ल्याउने विकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी र सहायक प्राचार्य टीएन भण्डारी, पोखरियाका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, प्राचार्य कान्तिपुरका भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्कालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, सावित्री पराजुलीलगायतले सम्मान गर्नुभएको थियो । ७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । मोरङभरिमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८ जना रहेको छ ।

महानगरका २५ सार्वजनिक र ७२ वटा संस्थागत गरी ९७ वटा विद्यालयका ४ हजार ५२९ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३ हजार ६९० जना अर्थात् ८१ दशमलव ४७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । ८३९ जना भने ननग्रेडिङ भएका छन् ।

९७ वटा विद्यालयले एसईई दिएकोमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २८ रहेको छ । शून्य प्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २ रहेको महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्रका विद्यालयबाट एसईई दिएका १ हजार २२८ जनाले ३.६ भन्दा बढी जीपीए ल्याउन सफल भए ।

सम्मान तथा एसईईको मूल्याङ्कन कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराई, सुशील दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, सम्मानित विद्यार्थीहरुका तर्फबाट रागिनी न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महानगरले विगत ३ वर्षदेखि एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ ।

महानगरभित्र सामुदायिक ५६, संस्थागत १२१ र धार्मिक विद्यालयको संख्या २१ रहेको छ । धार्मिक, सामुदायिक र संस्थागत कुल १९७ विद्यालयमा १ देखि १२ कक्षासम्म करिब ८० हजार विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।