रमितेमा पिकअप अनियन्त्रित हुंदा १६ जना घाईते
मोरङ । मोरङ्को लेटाङ देखि खानेपानी बोकेर गएको प्र.१.०२.००२ च ४१७५ नम्बरको पिकअप रमिते गएर फर्किने क्रममा अनियन्त्रित हुदा त्यसमा सवार १६ जना घाईते भएका छन।
घाईते मध्ये ३ जनाको स्वास्थ्य स्थिति गम्भीर रहेको टाँडी प्रहरी चौकी ईन्चार्ज जित.बा तामाङले जानकारि दिए ।
घाइतेहरुलाई ईलाका प्रहरी कार्यलय मधुमल्ला र अस्थाई प्रहरी चौकी बाट खटिएका प्रहरीहरुको सकृयतामा तत्काल उद्धार गरी उर्लाबारी स्थित अरनिको अस्पताल पुर्याइएको छ ।


