महिनावारीका कारण छाउगोठमा सुतेकी २८ वर्षीया कमलाको सर्पदंशबाट मृत्यु
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएको छ।
महिनावारीका कारण उनलाई गोठमा अलग राखिएको थियो।
सुदूरपश्चिममा अझै पनि महिलालाई महिनावारीका बेला‘अशुद्ध’ ठानी छाउपडी जस्तो अमानवीय प्रथा कायम छ।


