यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

काठमाडौं – देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ।

सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन्।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे घर भई सुर्खेत भेरीगंगा-१२ बस्दै आएका ३५ वर्षीय रामबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक छन्।

यसक्रममा प्रहरीले कालीकोट नरहरीनाथ गाउँपालिका-४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका-११ बस्दै आएका ३४ वर्षीय मनबहादुर सहकारीलाई पक्राउ गरेको छ। सहकारी बाँकेमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरेर बस्दै आएको पत्ता लागेको छ।

सुर्खेत प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली नोट र अफिम कारोबार गरिरहेका पाँचै जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।  
प्रहरी कारबाहीमा पक्राउ परेकाबाट १२ लाख ९३ हजार रुपैयाँ नक्कली नोट र ३० किलो ६७२ ग्राम अफिम बरामद भएको छ।

सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सुरूमा असार ३० गते बिहान १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित शान्तिटोलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले दिलमायालाई पक्राउ गरेको थियो।

उनको साथबाट एक हजार  दरका ६ थान नक्कली नोट बरामद गयो। प्रारम्भिक अनुसन्धानमा उनी नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलेको थियो।

त्यही दिन प्रहरीले साँझ ६ बजे दिलमायाकै डेराबाट जाजरकोटकै ३३ वर्षीय रामबहादुरलाई पक्राउ गर्‍यो। डेराबाट एक हजार दरका १ हजार २३६ थान नक्कली नोट कुल १२ लाख ३६ हजार रुपैयाँ बरामद गरिएको शाहीले बताए।

त्यसै दिन राति १० बजे प्रहरीले गिरोहमा संलग्न थप दुई व्यक्ति ३५ वर्षीय कृष्णबहादुर र ३८ वर्षीय प्रेमबहादुरलाई प्रहरीले पक्राउ गर्‍यो। उनीहरू हाल सुर्खेतको भेरीगंगा नगरपालिका-१२ ठकुरी टोलमा डेरा गरी बस्दै आएका थिए।

उनीहरूको कोठा खानतलासी गर्दा कालो झोलाभित्र राखिएको ११ किलो ३७२ ग्राम अफिम बरामद बरामद भएको थियो।

यसपछि प्रहरीले असार ३१ गते (मंगलबार) बिहान बाँकेको मिडिया हाउसबाट नक्कली नोट र १९ किलो अफिम बरामद गरेको छ।
शाहीका अनुसार सोही गिरोहबारे अनुसन्धान तथा कारबाहीको सिलसिलामा बिहान ८:३० बजे प्रहरी टोली बाँकेको कोहलपुर पुगेको थियो। त्यहाँ  जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर पक्राउ परे। उनको मिडिया हाउसबाट एक हजार दरका ५१ थान नक्कली नोट बरामद भएको थियो। यसैगरी, १५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको १९ किलो ३०० ग्राम अफिम बरामद भएको थियो।

सहकारीको कार्यालयबाट प्रिन्टर, कम्प्युटर सेट, मेमोरी कार्ड, चिप्स, क्यामेरा र नक्कली नोट बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको छ।

‘यस गिरोहको कार्यशैली हेर्दा यो केवल व्यक्तिगत लाभको लागि गरिने काम नभई योजनाबद्ध संगठित आपराधिक गतिविधिको हिस्सा भएको देखिन्छ,’ शाहीले भने, ‘यो गिरोह अझ विस्तारित हुन सक्ने सम्भावनालाई लिएर अनुसन्धान जारी छ।’

बरामद अफिम कर्णाली प्रदेशकै रुकुम, रोल्पालगायत जिल्लाबाट भारत तस्करीका लागि ल्याइएको हुनसक्ने अनुमान गरिएको छ। ती जिल्लामा अफिम खेती हुने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

नक्कली नोट सहकारी आफैंले प्रेसमा छाप्ने गरेको प्रारम्भिक बयान दिएका छन्। ‘उनले कहाँको कुन प्रेसमा छाप्ने गरेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ शाहीले भने।

पक्राउ परेकालाई नक्कली मुद्रासम्बन्धी कसुर तथा लागुऔषध नियन्त्रण ऐनअनुसार हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।