झापाको दमकमा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु
झापा । झापाको दमक–१० जहदा टोलस्थित भित्री सडकमा स्कुटरको ठक्करबाट ७७ वर्षीय देब बहादुर श्रेष्ठको मृत्यु भएको छ।
असार २९ गते राति मे ७ प ३७८९ नम्बरको स्कुटरले पैदल हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका क्रममा दमक अस्पतालमा असार ३१ गते राति मृत घोषणा गरिएको हो।
दुर्घटनामा संलग्न १६ वर्षीय स्कुटर चालक अर्चन खापुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


