गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

विशाल बस्नेत/महोत्तरी, ३२ असार ।  महोत्तरीको गौशाला नगरपालिकामा ३१ जना प्रधानध्यापकहरुले सामुहिक राजिनामा दिएका छन ।

 

सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले नगरले शैक्षिक क्षेत्रमा  वेवास्ता गरेको आरोपमा आज नै राजिनामा दिएका हुन  ।

 

दिवा खाजा तथा नियमित अत्यावश्यक रकम न्यून निकासा गरेको र यथास्थितिमा शैक्षिक गुणस्तरको लागि काम गर्न नसकिने निष्कर्ष प्रधानध्यापकहरुको छ ।

 

शैक्षिक उन्नयनको लागि प्रतिवेदन पेश गर्दा पनि स्थानिय सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको वताउदै आधारभूत कार्यहरु समेत गर्न नसकिएको उनिहरुले गुनासो गरेका छन ।

 

यता नगरले भने प्रधानध्यापकहरुले शैक्षिक क्षेत्रमा राजनिती गर्न खोजेको र त्यसलाई सफल हुन नदिने जिकिर गरेकाे छ। 

 

नगर प्रमुख दिपेन्द्र महतोले प्रधानाध्यापकहरुले तत्काल राजिनामा फिर्ता नलिए राजिनामा स्वीकृत गरेर नया प्रक्रियामा जाने समेत चेतावनी दिएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।