बाल सुधार गृह पर्साका चौकीदार गुप्ता ठगी आरोपमा पक्राउ

पर्सा,२ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ। 

गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुप्ताले १० जना बालकैदीसँग नगद तथा ईसेवा मार्फत १० लाख ३४ हजार ३ सय असुल गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले न्युज कारखानालाई बताए ।

प्रहरीको अनुसार, सिराहा नगरपालिका ३ निवासी २४ वर्षीय गुप्ता बाल सुधार गृहमा कार्यरत रहँदा आफू चौकीदारको हैसियतमा बाल बिषयगतहरूमाथि दबाब तथा प्रभाव पारेर रकम असुलेका थिए। आरोप अनुसार, रकम ठगी गरी व्यक्तिगत लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गत असार ३२ गते गुप्ता कैद भुक्तान गरी बाल सुधार गृहबाट छुट्ने जानकारी पाए पछि पीडित बाल बिषयगतहरूले प्रहरीलाई घटनाको जानकारी दिएका थिए। प्राप्त जाहेरीका आधारमा पर्सा प्रहरीले  गुप्तालाई नियन्त्रणमा लिई ‘एक्सर्टसन’ अर्थात् विश्वासघात तथा आर्थिक लाभसम्बन्धी कसुरमा बिहीवार तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।