वर्षाका कारण लमजुङ कारागारको पर्खाल नै भत्किएपछि…
लमजुङ । वर्षाका कारण लमजुङ कारागारको पर्खाल नै भत्किए पछि यहाँ रहेका सबै कैदीहरूलाई तनहुँ र कास्की कारागारमा स्थान्तरण गरिएको छ।
कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइनेछ।
जम्मा ३५ जना क्षमता रहेको यस कारागारमा हाल १०८ जना कैदीबन्दी बस्दै आएका छन्।


