धनकुटामा ५३ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न
धनकुटा,५ साउन । धान रोपाइका लागि प्रयाप्त वर्षा नहुदाँ हाल सम्म धनकुटामा ५३ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ५३ प्रतिशत अर्थात २ हजार ६१७ हेक्टर खेतमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले दिए ।
धान रोपाइँको मुख्य समयमा प्रयाप्त वर्षा नहुदाँ धान रोपाइँ प्रभावित भएको समेत उनको भनाइ छ । धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइँ गर्नु पर्ने बाध्यता रहेको र वर्षा समेत प्राप्त नभएकोले धान रोपाइको प्रतिशत उल्लेख्य रुपमा बढ्न नसकेको ज्ञानकेन्द्रले जनाएको छ ।


