प्रेमिकाले छुरी प्रहार गरी गरे प्रेमीको हत्या : प्रेमिका २१ वर्षीया जुली पक्राउ

जनकपुर । जनकपुरको S.P होटलमा धारिलो ह’तियार प्रहार गरी एक तलामाथिबाट खसालेर २८ वर्षीय विमलेश यादव (उर्फ शनि) को ह’त्या गरेको आरोपमा प्रहरीले २४ वर्षीया जुली झालाई पक्राउ गरेको छ। सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले जुलीलाई सार्वजनिक गरेको हो।

घटना शनिबार राति जनकपुरस्थित होटल S.P एण्ड गेष्टहाउसमा भएको थियो। प्रहरीका अनुसार, जुलीले विमलेशमाथि छुरा प्रहार गरी उनलाई एक तलामाथिबाट खसालेको आरोप छ। गम्भीर घाइते भएका विमलेशको प्रादेशिक अस्पताल जनकपुरमा आइतबार बिहान ७:४५ बजे उपचारका क्रममा मृ’त्यु भएको थियो।

घटना लगत्तै जुली होटलबाट तल ओर्लेर भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको थियो। सोही फुटेजको आधारमा प्रहरीले आइतबार दिउँसो जुलीलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।