१२ लाख भन्दा बढी नगद चोरीमा संलग्न एक पक्राउ

कास्की, ५ साउन । १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न एक पक्राउ परेका छन् ।

 

सो अभियोगमा माछापुछ्रे गाउँपालिका–९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 

 

पोखरा महानगरपालिका–५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको थियो ।

 

सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई पोखरा महानगरपालिका–६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो । 

 

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।