दुई शिशुको मृत्यु पछि रौतहटमा तनाव

सञ्जय मिश्रा /रौतहट, ६ साउन। रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। 
 

आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
 

स्थानिय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।
 
त्यहाँ नर्मल डेलिभरी (छोरा) भए पनि बच्चा नरोएपछि शिशुको नारा काटेर झाँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो। तर क्लिनिक पुग्नुअघि नै शिशुको मृत्यु भइसकेको थियो।
 
दोस्रो घटना सोमबार साँझ कटहरिया नगरपालिका ३ बडेर्वाका मनोज साहकी छोरी पुनमलाई पनि व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। गर्भवती महिलाको भिडियो एक्सरे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै डाक्टरले औषधि दिई घर पठाइएको थियो। तर व्यथा झन् बढेपछि परिवारले पुनः शिवनगरस्थित एक निजी क्लिनिकमा लगेका थिए।
 
बीच बाटोमै पुनमको नर्मल डेलिभरी भए पनि शिशुको अवस्था जटिल भएकोले बिरगंज लैजाँदै गर्दा बाटोमै शिशुको ज्यान गएको पीडित मनोज साहले बताएका छन्

तेस्रो घटना गत शनिबार राति भएको थियो। स्थानिय पत्रकार रविन्द्र प्रजापतीले आत्महत्याको प्रयास गरेपछि उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा पुर्‍याइएको थियो। तर केन्द्रमा अक्सिजनको व्यवस्था नभएकै कारण उनको पनि उपचारको अभावमा ज्यान गएको परिवारको भनाइ छ।
 

पीडित परिवारहरु र स्थानीय बासिन्दाहरूले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, ग्लब्स जस्ता आधारभूत स्वास्थ्य सामग्रीको समेत अभाव रहेको गुनासो गरेका छन्।
 
“स्वास्थ्य केन्द्रको हालत यति भयावह छ कि डाक्टरहरू समेत समयमा उपस्थित हुँदैनन्,” स्थानीय एक बासिन्दाले बताएका छन्।
 

तीनवटा मृत्यु घटनापछि आक्रोशित स्थानीयहरूले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र कटहरिया नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी डाक्टर र कर्मचारीविरुद्ध कारवाहीको माग गरेका छन्।
 

लापरवाही गर्ने चिकित्सकलाई कारवाही गरियोस्
स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, आवश्यक उपकरणको तत्काल व्यवस्था गरियोस्न गरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गरोस्
प्रहरी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै पीडितहरूले न्यायको माग गर्दै तालाबन्दी गरेका थिए।
 
कटहरियाका मेयर अजय प्रकाश जैसवालको लापरवाहीको कारण प्राथमिक स्वास्थ कार्यालयको अवस्था दयनिय भएको स्थानियहरुको आरोप रहेको छ।
 
यसैबीच स्वास्थ केन्द्र र नगरपालिकाको ताला खुलाउन ईलाका प्रहरी कार्यालय कटहरियाको प्रागणमा नगर स्वास्थ संयोजक डाक्टर र स्थानीयहरु बीच छलफल जारी रहेको सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।