धनकुटामा यसरी मनाइयो गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व

धनकुटा,७ साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दर्शीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व धनकुटामा समेत मनाइएको छ ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व धनकुटामा सांस्कृतिक परम्पराअनुसार विशेषगरी धनकुटा सदमुकामका नेवार समुदायले मनाउँने गर्दछन् ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो सिमाली , निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो अर्थात चोकमा उभ्याइने चलन छ ।

केटाकेटीले बाटामा डोरी टाँगेर पैसा उठाउने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।