झापाको सुरुङ्गामा एक व्यक्ति मृत अवस्थामा फेला
झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।
अत्याधिक गर्मीका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ। हालसम्म उनको पहिचान खुल्न सकेको छैन।
प्रहरी उनीसँग सम्बन्धित परिवार तथा आफन्तको खोजीमा जुटेको छ।


