संखुवासभामा यसरी चट्याङ्ले एक गोरु मारेपछि
संखुवासभा । संखुवासभाको चिचिला गाउपालिका २ याफुडाँडामा चट्याङ्ले एक गोरु मारेको छ ।
हिजो साँझ ६:३० बजे सन्तबहादुर राईको गाेठमा बाँधिराखेकाे गाेरूलाई चट्याङ मारेकाे हाे ।
दिउँसाे जाेतेर साँझ गाेठ ल्याई बाँधिराखेकाे अवस्थामा चट्याङ् लागेकाे वडा अध्यक्ष दिनेश कुमार राईले जानकारी दिनुभयाे ।
चट्याङले गाेरू मार्दा करिव २५ हजार रूपैयाँ बराबरकाे क्षति पुगेकाे गाेरू धनी राईले बताउनुभयाे ।


