झगडा छुट्याउन गएका दाईमाथी भाइले गरे खुकुरी प्रहार, दाईको मृत्यु

मुकेश कुमार यादव/सिरहा, ९ साउन। सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ।

 

गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी खुकुरी प्रहार गर्दा विहिवार राति ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।

 

श्याम र उनकी श्रीमति कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत हुन थाले पछि छुट्याउन पुगेका मोतिराम माथि खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

खुकुरी प्रहारबाट छातिमा गम्भिर घाउ लागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जनाए।

 

उनले भने, ‘खुकुरी प्रहार गरी जंगलतर्फ भागेका श्यामको राती बाटै खोजी कार्य भईरहेको छ। फरार रहेका सदालाई छिटै नै नियन्त्रण लिने जनाइएको छ।  शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।