मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, साउन ०९ गते । मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।