करेन्ट लाग्दा दम्पतीको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
विद्युतीय मेसिनबाट घाँस टुक्र्याउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय गम्भीर घाइते भएका थिए।
उनीहरूलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो तर उपचारका क्रममा दुवैजनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।


