झापाको दमकमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु

झापा । झापाको दमकमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

शनिबार बिहान करिब ६:४५ बजे दमक–४ चियाबगानस्थित पूर्व–पश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका ६० वर्षीय सोमबहादुर बिकलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेका बिकलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, बिहान ७:३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनामा संलग्न बस, साइकल र बस चालक मकवानपुर हेटौडा–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।