उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, साउन १० गते । उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ०९ गते झापाको कचनकवल गाउँपालिका- ४ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत विहार किशनगंजका २५ बर्षीय सोहेल, निजकै श्रीमती २९ बर्षीया तबसुम आरा र २४ बर्षीय कचालु अन्सारीलाई फेला पारी चेकजाँच गर्दा तबसुम आराको साथबाट ब्राउन सुगर ५८ ग्राम ४ सय मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिक- ९ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध ४ एम्पुल सहित र इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज- ३ बाट ६० किलोग्राम गाँजा बरामद गरेको हो ।

लागू औषध र पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।