नक्कली नोट सहित दुई जना पक्राउ

नुवाकोट । नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट रु १ हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानको क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दुप्चेश्वर–७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाँउमा चलनचल्तीमार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ ।

बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । “उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ,” प्रहरी नायब उपरीक्षक लामाले भने, “संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ ।”

पक्राउ परेकालाई प्रहरीले आज जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसूर’मा कारबाहीको लागी अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖