झापाको बिर्तामोडमा खेतमा धानको बिउ उखाल्ने क्रममा बेहोस भएर ढलेका एक व्यक्तिको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–७ बुट्टाबारीस्थित खेतमा धानको बिउ उखाल्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।
स्थानिय ५६ वर्षीय हेमप्रसाद रिजाल आज दिउँसो करिब १२:३० बजे खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए।
तत्कालै आफन्तजनले उनलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड ल्याएका थिए। तर, अस्पताल ल्याइएपछि करिब १२:५० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।


