झापामा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय ओलीको निधन
झापा । झापाको हल्दीबारी गाउँपालिका–४ मा साउन ६ गते बिहान ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्य ओलीको हिजो निधन भएको छ।
घटनापछि गम्भीर अवस्थामा रहेका ओलीलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो ।


