धनकुटामा ६१ प्रतिशत खेतमा धान रोपाइँ
धनकुटा,१४ साउन । धान रोपाइका लागि प्रयाप्त वर्षा नहुदाँ साउन ११ गते सम्म धनकुटामा ६१ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ६१ प्रतिशत अर्थात ३ हजार १२ हेक्टर खेतमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनु भयो ।
धान रोपाइँका लागि यो वर्ष प्रयाप्त वर्षा धान रोपाइँ प्रभावित भएको समेत उनको भनाइ छ ।


