अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल

मस्को, १८ साउन । अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् ।

यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । ओरेसनिक मध्यम दुरीको ब्यालेस्टिक मिसाइल आधिकारिक रूपमा रुसी सेनामा सामेल भएको छ, पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा भने। उनले पुष्टि गरे कि बेलारुसमा यसको तैनाथी साइटहरू पहिले नै चयन गरिएको छ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा पुटिनले भने, ‘तयारीको काम जारी छ र सम्भवतः हामी यो वर्षको अन्त्यसम्म पूरा गर्नेछौं।’ रुसले गत वर्ष नोभेम्बरमा युक्रेन युद्धमा ओरेस्निक मिसाइल प्रयोग गरेको थियो, जब त्यसले निप्रोमा रहेको मिसाइल कारखानालाई निशाना बनाएको थियो। रुसी सेनाका अधिकारीहरुका अनुसार ओरेश्निक मिसाइल परम्परागत र आणविक दुवै हतियार बोक्न सक्षम छ ।

रुसको नयाँ मिसाइलले म्याच १० ले १२३४८ किमी प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ, जुन पश्चिमी मिसाइल प्रतिरक्षा प्रणालीलाई चकित पार्न पर्याप्त छ। पुटिनले आफ्नो हतियारलाई लक्ष्यमा खस्नबाट रोक्न नसकिने दाबी गरे। उनले भने कि यसका धेरै हतियारहरू यति शक्तिशाली छन् कि ती मध्ये धेरैलाई परम्परागत आक्रमणमा प्रयोग गर्नु आणविक आक्रमण जस्तै विनाशकारी हुन सक्छ। 

यो मिसाइलले युरोपका हरेक देशलाई निशाना बनाउन सक्छ । यद्यपि, केही विशेषज्ञहरूले यसलाई रूसी मिसाइल, रुबेज २६ को प्रतिस्थापन नाम भनेका छन्। 

यस अवधिमा पुटिनले नाटोलाई पनि धम्की दिए कि यदि उनीहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू उपलब्ध गराएमा ओलेस्निक मिसाइल उनीहरूको विरुद्धमा प्रयोग गर्न सकिन्छ। उनले भने, ‘हामीले पश्चिमालाई चेतावनी दिइरहेका छौं । यदि कीभले रूसलाई आक्रमण गर्न नेटोद्वारा आपूर्ति गरिएको मिसाइलहरू प्रयोग गर्दछ भने हामी ओरेस्निक जस्ता प्रणालीहरू प्रयोग गरेर युक्रेन बाहिर जवाफ दिन सक्छौं।’

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖