पाकिस्तानी सैन्य प्रमुखलाई फेरी अमेरिकाले बोलायो

इस्लामबाद, २३ साउन । पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर यसै साता फेरी अमेरिका भ्रमणमा जाने भएका छन् ।

उनी सेन्टकम (केन्द्रीय कमाण्ड) को नयाँ प्रमुखको नियुक्ति समारोहमा सहभागी हुनुहुनेछ । दुई महिनामा उनको यो दोस्रो अमेरिका भ्रमण हो । यसअघि उनले जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव समारोहमा भाग लिएका थिए । 

यस बाहेक मुनीरले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग दुई घन्टा लन्च भेट गरेका थिए । यो बैठक बन्द कोठामा भएको थियो । अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेना प्रमुखको आतिथ्यता गरेको यो पहिलो पटक हो । ट्रम्पले भारत माथी ५० प्रतिशत कर लगाएकाे अवस्थामा पुनः मुनिरकाे अमेरिका भ्रमण हुन लागेकाे हाे ।  

 

मुनीरले मे महिनामा भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न ट्रम्पलाई श्रेय दिएका थिए । ट्रम्पलाई नोबेल पुरस्कारका लागि पनि मनोनयन गरिएको छ। पाकिस्तानले अमेरिकाको सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कुरिल्लालाई देशको सर्वोच्च सैन्य सम्मान निशान ए इम्तियाजले सम्मान गरेको छ।

 

गत महिना इस्लामाबादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति आसिफ अली जर्दारीले उक्त सम्मान प्रदान गरेका थिए। जनरल कुरिल्लालाई यो सम्मान क्षेत्रीय शान्ति प्रवर्द्धन र पाकिस्तान(अमेरिकी सैन्य सम्बन्धलाई सुदृढ बनाएकोमा प्रदान गरिएको हो। जनरल कुरिल्लाले पाकिस्तानी राष्ट्रपति जरदारी र सेना प्रमुख असिम मुनिरसँग भेट गरेका थिए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।