धनकुटामा ८० प्रतिशत खेतमा धान रोपाइँ
धनकुटा, २५ साउन । धनकुटामा हाल सम्म ८० प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ८०.७१ प्रतिशत अर्थात ३ हजार ९ सय ८४ हेक्टर खेतमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जाकारी दिए ।
धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइँ गर्नु पर्ने बाध्यता रहेको र वर्षा समेत प्राप्त नभएकोले धान रोपाइको प्रतिशत उल्लेख्य रुपमा बढ्न नसकेको ज्ञानकेन्द्रले जनाएको छ ।
धनकुटामा उन्नत जातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको छ । अघिल्लो वर्ष धनकुटामा असारे धान २० हजार ९६६ मेट्रिटन उत्पादन भएको तथ्याङ्क छ । अघिल्लो वर्ष धनकुटामा असारे धान खेती ४ हजार ५ सय ९३ हेक्टरमा खेती भएको थियो ।


