यसरी गरियो राधाकृष्ण मन्दिरको शिलान्यास (फोटो फिचर)

धनकुटा,२६ साउन । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाद्वारा पाख्रिबास नगरपालिका ४ मा अवस्थित सिमसार, बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि सुरु गरिएको राधाकृष्ण मन्दिरको एक समारोहका बिच आज शिलान्यास गरिएको छ ।

पाख्रिबास नपाका प्रमुख ज्ञान बहादुर गुरुंगको प्रमुख आतिथ्यतामा पुरोहितद्वारा विधिपूर्वक पूजापछि मन्दिरको शिलान्यास गरिएको हो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,स्थानियवासी ,श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाका पदाधिकारी,मन्दिर निर्माण समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

करिब डेढ रोपनी क्षेत्रफलमा सुरु गरिएको मन्दिरमा परिसरमै हल र शौचालय पनि निर्माण गरिने तर अहिले तत्कालै मन्दिर निर्माणलाई प्राथमिकता राखेर काम भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष बिष्णु बिक्रम निरौलाले बताए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।