पाकिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो
एजेन्सी । पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ ।
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको पाकिस्तानी अनलाइन द डनले जनाएको छ।
भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ।
जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ।


