धनकुटाबाट लागुऔषध र प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
धनकुटा । धनकुटाबाट लागुऔषध र प्रतिबन्धित औषधी सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ६ सुकेआहाल घर भइ धनकुटा नगरपालिका १० उत्तरपानीमा डेरा गरि बस्ने २७ बर्षिया अशोक राई रहेका छन् ।
गत साउन ३१ गते बेलुका प्रहरी चौकी हिले बाट खटिएको प्रहरी टोलीले राईको डेराकोठाको खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध Tramol-50 क्याप्सुल-६१० ( छ सय दश) पिस र प्रतिबन्धित औषधीहरु Decolic ट्याब्लेट- ५९० ( पाँच सय नब्बे) पिस, Spaspain ट्याब्लेट ६० ( साठ्ठी) पिस, Spasmo ट्याब्लेट- ९४( चौरानब्बे) पिस र Tapen-50 ट्याब्लेट १० (दश) पिस समेत गरी कुल १३६४ पिस सहित निजलाई नियम्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटा संचार शाखाले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेकाको जिल्ला अदालत धनकुटाबाट दिन ७ म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


