धनकुटाको महालक्ष्मी नगरपालिका छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा

धनकुटा,३ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिका २ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् ।

पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालेको छ । बस्ती मुनिको खेत, जंगल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको महालक्ष्मी नगरपालिकाका प्रमुख धुब्रराज रायले जानकारी दिनुभयो ।

एकसाता सम्म परेको बर्षा पछि छ्यालुङ लाक्टाङ गाउँका १३ मध्ये उच्च जोखिममा परेका ४ घरलाई तत्काललै सुरक्षित स्थानमा सार्नु पर्ने अबस्था छ ।यसैबीच महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज राय तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहितको जिल्ला विपदव्यबस्थापन समितिको टोलीले पहिरोग्रस्त छ्यालुङ लाक्टाङ गाउँको अनुगमन गरेको छ ।

अनुगमन पछि पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई नजिकैको बालबिकास केन्द्रको भवनमा सार्ने निर्णय भएको महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायले बताउँनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।