बंगलादेश र पाकिस्तान बीच भिसा फ्री सम्झौता हुने

 
ढाका, ७ भदौं । बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्। 

यसका लागि दुवै देशले यस नयाँ सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् । पाकिस्तान सरकारले यसलाई पहिले नै स्वीकृत गरिसकेको छ।

पाकिस्तानी विदेशमन्त्री इशाक डारको शनिबार हुने प्रस्तावित बंगलादेश भ्रमण अघि यो निर्णय गरिएको हो । उनका वाणिज्यमन्त्री जाम कमाल खानले बुधबार ढाका पुगेर बिहीबार बंगलादेशका वाणिज्य सल्लाहकार एसके बशीरुद्दिनसँग भेट गरेका थिए, सो क्रममा यसमा सहमति जुटेको हो ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले पनि बंगलादेशले पाकिस्तानसँग ‘भिसा फ्रि’ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार यो सम्झौता हस्ताक्षरपछि पाँच वर्षका लागि लागु हुनेछ । तर, यो भिसा फ्री प्रणाली कहिलेदेखि सुरु हुन्छ भन्ने मिति भने दिइएको छैन्। सम्भवतः चाँडै हुने सम्झौतामा यो मिति उल्लेख गरिनेछ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।