बंगलादेश १३ लाख रोहिंग्या शरणार्थीले समस्यामा, युनुस भन्छन्, ‘अब धान्न गार्हो भयो’

ढाका । बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसले अब रोहिंग्या समुदायका मानिसहरूलाई सहयोग गर्न गाह्रो भइरहेको बताए पछि शरणार्थीहरूको समस्या थप बढने देखिएको छ । 

 

हाल बंगलादेशमा १३ लाखभन्दा बढी रोहिंग्या शरणार्थी रहेको बताइन्छ । युनुसले भने, ‘यो रोहिंग्या शरणार्थी समस्या बंगलादेश र विश्वका लागि ठूलो चुनौती हो । यस मुद्दामा विश्व एकजुट हुनुपर्छ र रोहिंग्या मुस्लिमहरूलाई आफ्नो घर फर्कन मद्दत गर्नुपर्छ।’

 

सन् २०१७ को अगस्टदेखि म्यानमारमा भएको हिंसा पछि रोहिंग्या समुदायका मानिसहरूले देश छाडेका थिए। यसपछि उनी भागेर धेरै देशमा बसोबास गरिरहेका छन् । त्यस मध्ये धेरै जसो अधिकांश बंगलादेश प्रवेश गरेका थिए । त्यसपछि शेख हसिना सरकारले लाखौं रोहिंग्यालाई आश्रय दिएको थियो ।

 

यस घटनाको आठौं वर्षगाँठमा युनुसले रोहिंग्याको घर फर्किने ७ बुँदे रोडम्याप पनि जारी गरेका छन् । उनले शरणार्थीका कारण बंगलादेशको अर्थतन्त्र र वातावरणमा दबाब बढेको बताए ।

 

म्यानमारको रखाइन प्रान्तमा अराकान सेनाको दमनबाट बच्न रोहिंग्या मुस्लिमहरू २५ अगस्ट २०१७ मा बंगलादेशमा भागेका थिए। उनीहरुलाई तत्कालीन शेख हसिनाको सरकारले कक्स बजारमा आश्रय दिएको थियो । त्यो साता मात्रै करिब ७० हजार रोहिंग्या बंगलादेश आएका थिए । बंगलादेशमा पहिले नै ३ लाखभन्दा बढी शरणार्थी बस्दै आएका छन्, त्यो क्रमशः बढेर १३ लाख पुगिसकेको छ । कक्स बजार हाल विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरको घर मध्ये एक मानिन्छ ।

 

रोहिंग्या मुस्लिमहरू म्यानमारको अराकान प्रान्तमा बस्ने अल्पसंख्यक हुन्। शताब्दीयौंअघि अराकानका मुगल शासकहरूले यहाँ बसोबास गराएका थिए। तर, सन् १७८५ मा बर्माका बौद्ध धर्मावलम्बीहरूले देशको दक्षिणी भाग अराकानलाई कब्जा गरेर हजारौं रोहिंग्या मुस्लिमहरूलाई आफ्नो इलाकाबाट बाहिर निकालेका थिए । 

यसपछि बौद्ध धर्मका मानिसहरू र रोहिंग्या मुस्लिमहरू बीच हिंसा र नरसंहारको एक काल सुरु भयो, जुन अहिलेसम्म जारी छ। म्यानमारका लाखौं रोहिग्याहरू घरवार बिहिन भएर नेपाल, भारत, बंगलादेशलगायत देशमा बसोबास गरिरहेका छन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।