सप्तकोशीमा पानीको बहाव बढ्यो, ३८ वटा ढोका खुला

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह लगातार बढेकाे छ ।

बाढीका कारण जोखिम बढेपछि ३८ ढोका खोलिएको छ ।पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

सोमबार बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ ।दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

“ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको संकेत स्वरूप जनाइन्छ,” उनले भने, “रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकार भएकालाई सतर्क रहन संकेत गर्छ ।”

हाललाई डुबानको प्रत्यक्ष जोखिम नरहे पनि पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जलसतह लगातार बढिरहेको उनले बताए । सम्बन्धित निकायका साथै सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको प्रवक्ता खतिवडाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।