धनकुटामा विकासका लागि आएको रकम फिर्ता जाँदा समस्या

धनकुटा,१७ भदौ । धनकुटाका संघिय संसद, प्रदेश संसद, नगरपालिकाका प्रमुख लगायतका जनप्रतिनिधीले समन्वयको अभावमा विकासका लागि आएको रकम फिर्ता जाँदा समस्या भएको बताएका छन् ।

धनकुटामा स्थानिय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक प्रगति समीक्षा कार्यक्रममा जनप्रतिनिधीहरुले जनप्रतिनिधी बिचको समन्वय र कर्मचारीको उदासिनताका कारण विकासका लागि धनकुटाम संघ र प्रदेश सरकार बाट आएको रमक फ्रिज हुदाँ समस्या भएको बताएका हुन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले संघ र प्रदेशका कार्यालयले स्थानिय तहसँग समन्वय नगर्दा सम्बन्धीक कामको लागि आएको रकम फ्रिज हुने गरेका बताउनु भयो । त्यस्तै प्रदेश सभा संसद इन्द्रमणी पराजुलीले जिल्लाका लागि अनेक बाधा संग छुट्याएर ल्याएको बजेट समेत काम नभई फिर्ता हुने क्रम बढेकाले जनप्रतिनिधी र कर्मचारीको समन्वयको खाँचो रहेको बताउनु भयो ।

त्यस्तै अर्का प्रदेशसभा संसद निरन राईले कार्यलय प्रमुख र सम्बन्धित जनप्रतिनिधि बिच समन्वयमा नहुदाँ धनकुटाको विकासका लागि आएको बजेट फिर्ता जानु दुखद् भएको बताउँदै समन्वय आवश्यक रहको धारण राख्नु भएको थियो ।

धनकुटाका संघिय सांसद तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईले खानेपानी कै लागि आएको ठूलो रकम समेत कार्यन्वयन नहुनु गम्भीर त्रुटि भएको र आगामी दिनमा त्यस्ता गल्ती गर्ने छुट कर्मचारी र जनप्रतिनिधी लाई नभएको बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।