धनकुटामा आमाको अन्त्येष्टि पछि बुबाको शव कुर्दै ३ छोरी
धनुकटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई रोजगारीका लागि कुवेत गएका ४१ वर्षीय डम्बरबहादुर मगरको भदौ ४ गते नि धन भयो।
श्रीमानको मृत्युको खबर सुनेकी ३३ वर्षीया विद्या मगरको पनि तीन दिनमै नि धन भयो।
घटनापछि उनीहरुका छोरीहरु १६ वर्षीया बिपना, १५ वर्षीया सञ्जु र २ वर्षीया सुमिता एकैपटक आमा–बुबा दुवैविहीन भए। आमाको अन्त्येष्टि सकेर उनीहरू अहिले बुबाको श वको प्रतीक्षामा छन्।
एक वर्षभित्रै डम्बरबहादुरका बुबा सहित परिवारका तीन सदस्य गुम्दा गाउँ नै स्तब्ध बनेको छ। स्थानीयले बालबालिकाको भविष्य सुरक्षित गर्न सहयोग अभियान सुरु गरेका छन्।
महालक्ष्मी नगरपालिकाले दुई छोरीको वार्षिक पढाइ खर्च बेहोर्ने घोषणा गरेको छ ।-बेतना दैनिकबाट


