सदियौं पुराना कला र संस्कृतिको रक्षा गर्नु हामी सबैको दायित्व हो: राष्ट्रपति

काठमाडौं, २० भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
 
नेपाल कला परिषद बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ का अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्ने बताएका हुन् ।
 

राष्ट्रपति पौडेलले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेशाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, यही शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्छ ।’  
 

राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न वर्षेनी लाखौ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए ।
 

उनले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न यसको स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने उल्लेख गरे । उनले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाहरूको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपालीे सभ्यताको परिसूचकको रुपमा रहेको हाम्रो कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताउनुभयो । नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान,  पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाई थियो 

उनले भने,  ‘सदियौं पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरसमेतको सहभागितामा यो नेपाल कला तथा संस्कृति महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।’
 

राष्ट्रपति पौडेलले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशीला तयार हुने आफूले अपेक्षा गरेको भन्दै नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न यसको स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖