झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी युवाले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भीड अनियन्त्रित बन्दै गएपछि प्रहरीले हस्तक्षेप स्वरूप गोली चलाएको हो । स्थानीयका अनुसार, प्रहरीको गोली लागेर झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेरा समेत तोडफोड गरेका थिए ।

झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भीड नियन्त्रणबाहिर गएपछि ‘हवाई फायर’ गरेको जानकारी आएको बताएका छन् । उनले थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको र अवस्था पूर्ण रूपमा यकिन भई नसकेको जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।