जेनजी प्रदर्शन : प्रदर्शनकारीको मृत्युपछि सिभिल अस्पताल क्षेत्र तनावग्रस्त

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एकजनाको मृत्यु भएपछि युवाहरु आक्रोशित भएका छन् ।

आक्रोशित जेनजी युवाहरुले नयाँ वानेश्वरको सिभिल अस्पतालमा आक्रमण गरेका छन् । मृत्यु भएका भनिएका व्यक्तिको बारेमा थप जानकारी लिनका लागि सुनौलो नेपालले सम्पर्क गर्दा अस्पतालको फोन सम्पर्कमा आएका कर्मचारीले भनिन्, ‘अहिले कुनै सूचना दिन सक्ने अवस्था छैन । अस्पतालको झ्यालका सिसाहरु फोडिएका छन् । हाम्रो नै ज्यान जोगाउन गाह्रो भयो, म अहिले भागेँ ।’

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो ।

कर्फ्यूका बाबजुद पनि युवाहरु उर्लिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागि घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ । अन्य घाइतेहरुको उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।