जेनजी प्रदर्शन : धनकुटाका एक सहित मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।

मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन ।’

यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । एक जनाको मृत्यु पुष्टि भएको सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।