इटहरी उपमहानगरको मेयर भवनमा आगजनी

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयर भवनमा आगजनी भएको छ । मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा जिन्सी शाखामा आगजनी भएको हो ।अहिले प्रदर्शनकारीहरुले ढुंगामुढा गरिरहेका छन् । उपमहानगरको जिन्सी शाखाका कागजपत्र छरपस्ट भएका छन् ।

ल्यापटप, प्रिन्टर यत्रतत्र छन् भने उपमहानगरको दमकल नै चलाउन सक्ने अवस्था नरहेको घटनास्थलमै रहेका स्थानीय नवीन दाहालले जानकारी दिए ।
उनका अनुसार अहिले आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच सुनसरी प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

आदेशअनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास क्षेत्रसम्म कर्फ्यु लगाइएको छ ।

यस्तै, दक्षिणतर्फ अख्तियारको कार्यालयदेखि साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्म र पश्चिमतर्फ कंलकी मोडदेखि जनता बस्तीसम्म अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी भएको हो ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।