जेनजीको प्रदर्शन : मृतकको सङ्ख्या १५ पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् ।प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ ।

ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।

प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् । बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको उपचार हुँदै छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।