इटहरीमा गोली लागेर २ जनाको मृत्यु,कर्फ्यु आदेश जारी

सुनसरी । सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ। जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो।

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेको स्थानीय प्रशासनले जनाएको छ।

सोमबार उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले सुशासन र पारदर्शिताको माग गरेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि मध्याह्नतिर प्रदर्शनकारीहरू उग्र बन्दै गएका थिए।

आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।