विराटनगरस्थित भाटभटेनीमा भेटियो एक जनाको शव
विराटनगर । आगजनीमा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एकजना व्यक्तिको शव भेटिएको छ ।
उक्त भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा शव भेटिएको हो ।
शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट मार्केटमा आगजनी तथा तोडफोड भएको थियो ।
उक्त शव लुटपाटमा गएका व्यक्तिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवको पहिचान भने हुन सकेको छैन ।


