वातावरण संरक्षण अभियन्ता रविन्द्र लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार–२०८२’

काठमाडौ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले २०८२ सालको ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ श्री रविन्द्र लामिछानेलाई प्रदान गर्ने भएको छ ।

धनगढी कैलालीका ३९ वर्षीय लामिछाने झण्डै डेढ दशकदेखि विकास तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय हुनुहुन्छ । वातावरण संरक्षण अभियानमा लामो समयदेखि काठमाडौंमा कार्यरत क्लिनअप नेपाल संस्थामा हाल प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत लामिछानेले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा सफा नेपाल अभियानमा कलमसमेत चलाउनुहुन्छ र हाल पिएचडीसमेत गर्दै हुनुहुन्छ । क्लिनअप नेपालले विकास गरेको ’सफा नेपाल एप’ प्रवद्र्धन अभियानमा पनि उहाँ सक्रिय हुनुहुन्छ ।

सम्मानपत्रका साथ, पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । स्मरणीय छ, नेपानका पूर्व अध्यक्ष स्व. डा. भोला दाहालको अमूल्य योगदानको सम्मान गर्दै नेपान सदस्यहरू तथा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनको एमफिल तह (२०१६–१८ ब्याच) मा अध्ययनरत केही विद्यार्थीहरूको व्यक्तिगत सहयोगको आधारमा रु. दुई लाख रुपैयाँको अक्षयकोष राखी त्यसको ब्याजबाट पुरस्कार प्रदान गर्नेगरी नेपानमा २०७८ सालमा स्थापित ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ पहिलोपटक २०७९ सालमा चितवनका विकासकर्मी विश्वास प्रजा (चेपाङ) लाई, दोस्रोपटक २०८० सालमा गुल्मीकी लक्ष्मी कुँवरलाई र तेस्रोपटक गोरखाका किरण बरामलाई प्रदान गरिएको थियो ।

यस वर्षको पुरस्कार प्रदान गर्ने कार्यक्रम यही असोज ४ गते शनिवार नेपानको ३१औं वार्षिक साधारणसभाको अवसर पारेर काठमाडौंको सुविधानगरमा हुनेभएको छ । सोही दिन ‘प्रसिद्ध कणेल विकास लेखन पुरस्कार–२०८२’ बाट नेपालकी वरिष्ठ लेखक श्री सुलोचना मानन्धर धिताल पनि सम्मानित हुँदै हुहुहुन्छ । यो पुरस्कारको राशि पनि १० हजार रुपैयाँ नै रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।